Websoft University

चटै कपाल कोरेर बोलको गीत सार्वजानिक

 काठमाण्डौ फागुन २२ गते । रातो तारा डट कम, यस्तै गीतमा कम्मेन्ट गरि सल्लाह, सुझाब लगायत प्रतिक्रिया दिने पाँच (५) जनालाई मोवाईल रिचार्ज पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । जसका लागिः

यस गीतमा दुई हप्ताको समयावधिमा आएका वा गरिएका कमेन्ट (सल्लाह, सुझाब, प्रतिक्रिया) मध्ये जस्को कमेन्टमा वढि लाईक आउछ उस्लाई रु १-१ हजारको दरले ५ जनालाई मोवाईल रिचार्ज लगाएर पुरस्कृत गरिने प्रोडक्सन म्यानेजर राईले जानकारी दिए । यदि समान लाईक आएको खण्डमा समान लाईक आउनेहरुको नाम लक्की ड्र मार्फत छनौट गरिने र नाम छनौटमा परेकाहरुको मोवाईल रिचार्ज पठाईने छ । विजेताको नाम छनौट भैसकेपछि पुरस्कार जित्ने व्यत्तिले धनकुटा खबरको मेलमा आफ्नो नाम, ठेगाना र मोवाईल नं (नागरिकताको फोटोकपी) पठाउनु पर्ने छ ।

चर्चित गायक किरण भुजेलको आवाज रहेको उक्त गीतमा विष्णु विक्रम निरौलाको शब्द रहेको छ । यम के निरौलाको संगित रहेको उक्त गीतमा विशाल निरौलाको एरेञ्ज र मिक्सिङ रहेको छ ।

कलाकार सुमन योगी र सिम्रन कार्कीको दमदार अभिनय रहेको उक्त गीतमा वालकलाकार ईतुषा लिम्वुको भुमीका पनि उत्तिकै गहन रहेको छ । प्रनेश राई (यात्री ब्रोज) ले क्यामेरामा कैद गरेको उक्त भिडियोको नृत्य निर्देशन विशेष लामा गुरुङले गरेका छन भने सम्पादन तथा निर्देशन गीतकार स्वंय विष्णु विक्रम निरौलाले गरेका छन ।

आफ्नो पहिलो गीत दर्शक सामु राख्न पाएकोमा खुशी ब्यक्त गर्दै गीतकार, सम्पादक तथा निर्देशक निरौलाले यसै गीत मार्फत आफूले आम दर्शकहरुको माया र साथ पाऊने अपेक्षा गरे । हेर्नुहोस् भि़डियो कस्तो बनेको छ साथै कम्मेन्ट गरी पुरस्कृत हुनुहोस्

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.