Websoft University

घरमा आँगलागी हुँदा झण्डै १८ लाख मूल्य बराबरको क्षति


श्याम राई÷उदयपुर  गाईघाट १३ चैत । रातो तारा डट कम, गाईघाटको रातमाटेमा विद्युत सर्ट भएर शुक्रबार विहान एक घरमा आँगलागी हुँदा झण्डै १८ लाख मूल्य बराबरको क्षति भएको छ ।

त्रियुगा नगरपालिका–१० रातमाटेस्थीत भव कुमारी न्यौपानेको दुई तले काठको घरमा विहान ३ बजे आँगलागी हुँदा सुन चादी र सोही घरमा रहेको टोल विकास समितिको कार्यालयको फर्निचर ३ लाखगरि १८ लाख मूल्य बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

आँगलागीपछि तत्काल आँगो निभाउन पुगेका प्रहरी टोली र स्थानीय बासिन्दाका सहयोगमा दुई घण्टापछि आँगो नियन्त्रणमा लिएको थियो ।


गाईघाट, १३ चैत

त्रियुगा नगरपालिका–२ स्थित सनुवा सुक्नाई सामुदायिक वनमा सोमबारदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

एक सातादेखि तिब्र रुपमा चलेको हावा, हुरीको कारण डढेलो जंगल क्षेत्रमा फैलदै गएपछि जंगल क्षेत्रको सनुवा गाउँका बासिन्दाहरु त्रसित बनेकाछन्् । जंगलमा लागेको डढेलो निभाउन स्थानीय वन उपभोक्ता र वन सुरक्षाकर्मीले निरन्तर प्रयास गरिरहेको भएपनि सफलता पाउन सकेका छैन । गाउँ बस्तीलाई आँगोबाट बचाउन बुधबारदेखि नेपाली सेना, प्रहरी, वनका कर्मचारी र उपभोक्ता सहित ३ सय जनशक्ति परिचालन भैरहेको जिल्ला वन कार्यालय उदयपुरका सूचना अधिकृत जागेश्वर साहले बताए ।

उनले तिब्र गतिमा हावा हुरी चलिरहेको कारण डढेलो निभाउने प्रयास सफल हुन नसकेको बताए ।

सनुवा आसपासको चुरे क्षेत्रमा झण्डै १५० हेक्टर वन क्षेत्रमा डढेलो फैलदै गएको उनले बताए । हावा हुरीसँगै वर्षेनी उदयपुरको वन जंगलमा फागुन चैतमा डढेलो लाग्ने गरेको छ । डढेलोको कारण वर्षेनी लाखौ मूल्य बराबरको काठ नष्ट हुने गरेको छ । जंगलमा गाई बस्तु चराउने जाने र काठ तश्करले आँगो लगाउने गरेको पाईन्छ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.