Websoft University

दुर्घटनाबाट मोटरसाईकल र स्काईभेटर चालकको मृत्यु


बिराटनगर, चैत्र १२ गते । रातो तारा डट कम,मोरङ र पाँचथरका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आज दिउसो सवा १२ बजे कटहरी-४ रंगेली सडक खण्डमा को २ त ६१२७ नम्बरको ट्रयाक्टरले को ३ प ३३०९ नम्बरको मोटरसाईकललाइ ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक धनपालथान-७ का ६० बर्षीय  मुस्तफी मियाको न्युरो अस्पताल  बिराटनगरमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालक नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । यसै गरी दोलाखा तामाकोशी-३ पुरानोगाँउका २८ बर्षीय पवन महतको स्काईभेटर दुर्घटनाबाट मृत्यु भएको छ । आज आज दिउसो सवा १२ बजे पाँचथरको कुम्मायक-४ वानथाक स्थित मध्यपहाडी लोकमार्गको ट्रयाक खन्ने क्रममा ना १ क ८३२१ नम्वरको स्काईभेटर अचानक चिप्लिएर ५०० मिटर तल झरी दुर्घटना हुदा चालक महतको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.