Websoft University

नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ


सुनसरी, चैत्र १२ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट नियन्त्रीत लागुऔषध खैरो हेरोईन सहित ४ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा धरान-१५ का २२ बर्षीय सुजन धमला,२५ बर्षीय बिधान आलेमगर र १९ बर्षीया मनुषा तामाङ रहेकी छिन् भने धरान १७ का २१ बर्षीय अर्पण धमला रहेका छन । बिशेष सुराकका आधारमा बुधबार ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ परेका मध्ये बिधान आलेमगरको घरमा खानतलासी गर्दा कोठामा रहेका चारै जनालाइ नियन्त्रणमा लिई कोठामा रहेको फ्रिज खोलेर हेर्दा उनिहरुले लुकाई राखेको ११ ग्राम लागुऔषध खैरो हिरोईन ब्राउनसुगर फेलापारी बरामद गरेको हो । यसरी कोठामा ब्राउनसुगर सहित पक्राउ परेका चारै जना उपर लागुऔषध मुद्दामा कानुनी कारबाही अगाडी बढाई अन्य थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.