Websoft University

सुन्दरहरैचा नगरपालिकाको लोक कल्याणकारी–सूचना

 


हावा हुरीको समय भएकाले र आगो पर्ने सलाई लाईटर जस्ता बस्तु केटाकेटीले नभेट्ने गरी सुरक्षित राखौं, आगोबाट हुन सक्ने क्षेतिबाट सुरक्षित हऔं ।

सवारी साधानहरु उचित स्थानमा मात्र पाकिंग गरी टफिक व्यावस्थापनमा सहजीकरण गरौं ।

बिकास निर्माणको कार्यक्रममा जनसहभागिता जुटाऔं,र भएका बिकास निर्माण कार्यको सरक्षण गरौं ।

जेष्ठ नागरिकहरुलाई उचित स्याहार सुसार सहित सम्मान गरौं ।

व्याक्तिगत घटना घटेको ३५दिन भित्र अनिवार्य रुपमा नगरपालिकामा घटना दर्ता गराऔं ।

समयमानै कर तिरी सभ्य नागरिकको परिचय दिऔं ।

बाढी पैराको जोखिम भएको स्थानबाट सुरक्षित स्थानमा बसोबास गरौं ।

बाढी पैरोको जोखिम बढ्ने भएकोले जथाभावी ढुंगागिट्टी बालुवा उत्खनन गर्ने तथा बोट बिरुवा काट्ने 

र खोलाको वहाव बढ्ने जस्ता कार्य नगरौं ।

बाढी पैरोको जोखिम घटाउन समुदायस्तरबाट समयमै रुख रोपौं, बन जोगाऔं ।

बिपतको घटना घटेमा उदार तथा राहतको लागि नजिकै रहेको सुरक्षा निकायमा सम्पर्कराखौं ।

खानेपानीका मुहानहरु सधै सफा राखौं ।

जथाभावी फोहर नफालौं ।

शुद्घ र सफा पानी पिउ,स्वाथ्य जीवन जिउँ ।

चर्पीमा मात्र दिसा पिसाव गरौं ।

सफासंग हात धोएर खाना खाने गरौं ।

झाडा पखालाजस्ता रोग लागेमा नजिकै रहेको स्वास्थ्य केन्द्रमा सम्पर्क गरौं ।

घरपालुवा चौपायहरु छाडा नछोडौं तथा छाडा चौपायको नियान्त्रण गरौं,र दुर्घटनाबाट बचौं ।

यस नगरपालिकाबाट इजाजत लिएर मात्र घर निर्माण तथा प्लाटिङ कार्य गरौं ।

नगरपालिकाले तोकेको मापदण्ड बंमोजिम भूकम्प प्रतिरोधि घर निर्माण गरौं र सधैका लागि ढुक्क होऔं ।

राष्ट्यि सम्पदा  तथा धरोहरहरुको जर्गेना गरौं ।

कुनै पनि व्यावसाय नगरपालिका र नियामनकारी निकायमा दर्ता गरे पश्चात मात्र सन्चालन गरौं ।

घरेलु तथा औधोगिक फोहरमैलाको समुचित व्यवस्थापन गरौं ।

नगरपालिका लाई बुझाउनु पर्ने कर तथा शुल्क समयमै बुझाईनगर बिकासमा सहभागी बनौं ।

वारुणयान्त्र तथा सवयात्रा वहान चाहिएमा ०२१५४५६६६ वा ०२१५४६६६६,मा सम्पर्क गरौं ।

                                                                     

                                               सुन्दरहरैचा नगरपालिकाको कार्यालय मोरङ


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.