Websoft University

लागुऔषध सहित ५ जना पक्राउ

 


बिराटनगर, फागुन-२३ गते । रातो तारा डट कम,शनिबार बिभिन्न स्थानबाट चेकजाँचको क्रममा लागुऔषध सहित ५ जनालाई  पक्राउ गरिएको छ । झापा बुद्धशान्ति -३ स्थित झिलमिले पुलबाट सोही स्थानका २३ बर्षीय मुकुन्द राजबंशी ५ ग्राम ४१० मिलिग्राम  र  झापा भद्रपुर -८ सगरमाथा चौकबाट सोही स्थानका २४ बर्षीय दिनेश राजबंशी ६ ग्राम ५० मिलिग्राम  खैरोहिरोईन ब्राउन सुगर सहित पक्राउ परेका छन । पक्राउ परेका दुबै जना थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यसै गरी उदयपुर  त्रियुगा -६ लालपत्ता स्थितबाट लागुऔषध सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सिरहा लहान ३ का २३ बर्षीय सुजित चौधरी, सप्तरी खडक-१ का २२ बर्षीय महेश कुमार चौधरी र उदयपुर  त्रियुगा ४ का १९ बर्षीय होमबहादुर मगर रहेका छन । सुजित र महेशलाई लागुऔषध डाईजेपाम-३५ एम्पुल, लुपिजेसिक-३५ एम्पुल र फेनार्गन-३५ एम्पुल सहित पक्राउ गरिएको हो भने होमबहादुरलाई  लागुऔषध नाइट्राजिपाम ७५ ट्याव्लेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.