Websoft University

नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने


काठमाण्डौ फागुन २३ गते । रातो तारा डट कम,नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चार किलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । 

सडकखण्डमा बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनियर सविना रानाभाटले जानकारी दिननुभयो । उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी–साधन रोकिने जानकारी दिनुभयो । गएको असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले बताउनुभयो । सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । 

सो अवधिमा नारायणढतर्फबाट गएका सवारी–साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी–साधनलाई शान्तिबजारमा रोकिनेछ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ–मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.