Websoft University

मिस एण्ड मिस्टर विराटनगरका विजेतालाई भानु कलेजद्वारा सम्मानित


विराटनगर । रातो तारा डट कम, विराटनगरस्थित भानु कलेजले मिस विराटनगरसहित विभिन्न प्रतिस्पर्धामा उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ ।

बुधबार कलेज परिसरमा आयोजित कार्यक्रममा मिस विराटनगर–२०२० की विजेता निष्ठा बस्नेतलाई कलेजले नगदसहित सम्मान गरेको हो । स्रष्टा समाज र डिजाइन बैंक काठमाडौंको आयोजना भएको मिस विराटनगरको ताज पहिरिन सफल बस्नेत भानु कलेजको कक्षा ११ मा अध्ययनरत छिन् । बस्नेतलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका कवि एवं पत्रकार मीनकुमार नवोदित, कलेजका अध्यक्ष महेन्द्र सिटौला, प्रिन्सिपल मोहन श्रेष्ठ, अतिरिक्त क्रियाकलाप संयोजक देवेश प्रधान, कलेजका कोअर्डिनेटर एके दासलगायतले सम्मान गर्नुभएको थियो । त्यस्तै सोही अवसरमा मिस्टर विराटनगरका सेकेण्ड रनअप सुजन राजबाहक, मिस फिजिकतर्फ प्रेक्षा कटवाल र मिस्टर फिजिकको उपाधि जित्न सफल रमण साहलाई पनि सम्मान गरिएको थियो । उनीहरु सबै सोही कलेजमा अध्ययनरत छन् । इसीए कोअर्डिनेटर देवेश प्रधानले भानु कलेजले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले यसअघि कविता, वक्तृत्वकला, चित्रकला, हाजिरजवाफलगायतका प्रतियोगिता सम्पन्न गरिसकेको जानकारी दिनुभयो । कलेजका विद्यार्थी प्रज्वल थापा, सिम्रन थापालगायतले गीत तथा नृत्य प्रस्तुत गरेको कार्यक्रममा प्रमुख अतिथि नवोदित, पत्रकार विजय खतिवडा, कलेजका अध्यक्ष महेन्द्र सिटौला, प्रिन्सिपल मोहन श्रेष्ठ, स्रष्टा समाजका रोनक अग्रवाललगायतले विद्यार्थीको चौतर्फी व्यक्तित्व विकासका लागि अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्रिय बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.