Websoft University

पत्रकार नेपालसहित दुईजना पुरस्कृत

 


झापा फागुन  १९ गते । रातो तारा डट कम, जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुईजनालाई पुरस्कृत गरेको छ । 

झापाको बुट्टाबारीमा मंगलबार आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको पत्रकारिता पुरस्कार समर्पण गरेको हो । डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई प्राज्ञ विवश पोखरेल, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी प्रमुख संरक्षक शोभा लामा बल, वरिष्ठ कलाकार माया पौडेल आशावादी, प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’लगायतले दोसल्ला ओढाएर सम्मानपत्र र नगद प्रदान गरे । 

त्यसैगरी सोही अवसरमा इटहरीकी साहित्यकार रीता ताम्राकारलाई पनि प्रतिष्ठानले साहित्यिक पुरस्कार प्रदान गरेको छ । ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो । प्रतिष्ठानले हरेक वर्ष पत्रकारिता र साहित्य क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई सम्मान र पुरस्कार समर्पण गर्दै आएको छ । कार्यक्रममा ज्येष्ठ नागरिक र समाजसेवीलाई पनि सम्मान गरिएको थियो ।  

 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.