Websoft University

आज भएको फुटबलमा नयाँबस्ती र टुसालको बराबरीमा पुगेका छन्


काठमाण्डौ फागुन १९ गते । रातो तारा डट कम, सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा नयाँबस्ती युवा क्लबले टुसाल युथ क्लबसँग बराबरी खेल्दै अङ्क बाडेको छ । आज भएको खेलमा नयाँबस्तीले टुसालसँग १–१ गोलको बराबरी खेलेको हो । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक गोलको अग्रता जोगाउन नसक्दा नयाँबस्ती बराबरीमा रोकिनु प¥यो । खेलको ३९ औं मिनेटमा विवेक गुरुङले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाउनुभएको थियो । तर, खेलको ७१ औं मिनेटमा एलोन राईले गोल गर्दै टुसाललाई १–१ गोलको बराबरी ल्याउनुभएको थियो । 

यस बराबरीसँगै नयाँबस्तीले ९ खेलमा १२ अंक जोडेको छ । नयाँबस्ती छैटौं स्थानमा रहेको छ । टुसाल ९ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.