Websoft University

जिल्ला कृषि सहकारी संघ मोरङका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण!

 


शिव भट्टराई, मोरङ । रातो तारा डट कम,जिल्ला भरीका कृषि सहकारीको छाता संगठनको रुपमा रहेको जिल्ला कृषि सहकारी संघ मोरङले केही दिन अघि नयाँ सञ्चालक समिति गठन गर्दै १२औं बार्षिक साधारण सभा सम्पन्न गरेको थियो। 


त्यसैगरी आज सोमबार एक कार्यक्रम गर्दै संघले जिल्ला कृषि सहकारी संघ मोरङका नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण कार्यक्रम गरेको थियो। कार्यक्रममा उक्त गठन भएका कार्यसमितिमा चयन भएका अध्यक्ष रवीन्द्र आचार्य , उपाध्यक्ष सोभितमान पौडेल, सचिव जे.वी कोईराला, कोषाध्यक्ष जानुका भण्डारी त्यसैगरी सदस्य तारा गुरागाईं, डेफुराम खड्का, लक्ष्मी चौधरी, शोभा खनाल, चूडामणि संग्रौला चयन भएका थिए भने लेखा समिती सम्योजकमा गणेश गुरागाई, सदस्य सम्झना थापा, तिर्थ न्यौपाने लगायत लाई प्रमाण पत्र सहित पदभार ग्रहण गरिएको थियो।


जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्वती बरालको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका अध्यक्ष रबिन्द्र आचार्यको सभापतित्व रहेको थियो।

सोही कार्यक्रममा नवनिर्वाचित उपाध्यक्ष सोभितमान पौडेलले स्वागत मन्तव्य राखेका थिए। मोरङको साना किसान कृषि सहकारी संस्था बेलबारीको सभाहलमा सम्पन्न भएको उक्त कार्यक्रम संघका नवनिर्वाचित सचिव जे.वी कोइरालाले सञ्चालन गरेका थिए।कार्यक्रममा जिल्ला कृषि सहकारी संघ मोरङका निवर्तमान अध्यक्ष खगेन्द्र राज भण्डारीको उपस्थिति रहेको थियो।

सोही कार्यक्रमको अवसर पारेर बसेको बैठकको निर्णय बाट नयाँ सल्लाहकार समिति समेत गठन गरिएको थियो।सल्लाहकार समितिको संयोजकमा खगेन्द्र राज भण्डारी त्यस्तै सदस्यहरुमा अजम्बर राई, हरी बस्नेत, बिन्दु श्रेष्ठ र जीत नारायण खवास चयन भएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.