Websoft University

मोटरसाईकल तथा स्कुटी चोरी गर्ने २ जना पक्राउ

 


बिराटनगर माघ २१ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं. ८ स्थित शिक्षादिप कलेज छेउबाट को ६ प ३८३७ नम्बरको स्कुटी हराएको सम्बन्धमा जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ६ रामपुर बस्ने बर्ष ३३ को निरज कुमार ठाकुरबाट प्राप्त निवेदन अनुसार अनुसन्धान गर्दा विराटनगर महानगरपालिका वडा नं.१२ मलाय रोडबाट जिल्ला मोरङ जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.१२ सैनिक टोल बस्ने बर्ष २१ को शंकर यादवले उक्त नं।को स्कुटी चोरी विराटनगरबाट जोगवनीतर्फ लाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 

त्यसैैैैगरी विराटनगर महानगरपालिका वडा नं.८ वलुवाई बस्ने बर्ष २५ को बिरेन्द्र मुखियाले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं.८ देवकोटा चोक बस्ने बर्ष २७ को माधव प्रसाद साहको को २८ प १२४४ नम्बरको होण्डा युनिकन मोटरसाईकल चोरी गरी विराटनगरबाट जोगवनीतर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङबाट चोरी कसूरमा थप अनुसन्धान कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.