Websoft University

सुन्दरहरैंचामा मानव कल्याण बेवारिसे शव व्यवस्थापनका लागि समिति गठन!

 


शिव भट्टराई,मोरङ माघ २५ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित वडा नं ७ मा मानव कल्याण बेवारिसे शव व्यवस्थापन समिति गठन भएको छ। शनिबार पञ्चायत माध्यमिक विद्यालय गोठगाउँको सभाहलमा भएको कार्यक्रममा रामकुमार कार्कीको अध्यक्षता सहित १५ जनाको समिति गठन गरिएको छ।   

प्रदेश नं १ मा रहेका व्यवारिसे शवहरुलाई  व्यवस्थापन गर्नको उदेश्यले सो समिति गठन गरिएको छ। समितिको अध्यक्षमा राम कुमार कार्की , उपाध्यक्षमा सिता अधिकारी र तारा पौडेल ,सचिवमा जीवनाथ पोख्रेल, कोषाध्यक्षमा रुपा अधिकारी, सहसचिवमा हरी प्र. पोख्रेल साथै सदस्यमा नारायण प्रसाद भट्टराई, पुष्प प्र सिग्देल, भुवन सिंह मगर, मेनुका पौडेल, महेश्वर वि क , धनराज रसाइली, चन्द्र विक, शुरेश लाखा र राजन गौतम चयन भएका छन्। त्यस्तै सल्लाहकार समितिको संयोजकमा भक्ति प्र सिटौला , सहसंयोजकमा शुशिला कार्की ,सदस्यमा शिव भट्टराई र हर्क परियार चयन भएका छन् । त्यसैगरी यस समितिका संरक्षक भने सतिश प्र पोख्रेल र पुष्प पोख्रेल रहेका छन्।

यस समितिको केन्द्रीय कार्यलय गोठगाउँमा रहेता पनि झापा मोरङ सुनसरी धनकुटा मात्रै नभएर प्रदेश नं १ लाई नै समेटेर अगाडि बढ्ने बताउँदै वार्डको तर्फ बाट गर्न सक्ने सहयोग गर्न आफू तयार रहेको सु.ह.न.पा वडा नं ७ का वडा सदस्य भुवन आले मगरले बताएका छन्।त्यसैगरी कार्यक्रममा बोल्दै हर्क परियारले दिनदिनै व्यवहारिसे शवहरु बढ्ने भएकाले यसको व्यवस्थापनका लागि यस मानव कल्याण व्यवाहरिसे शव व्यवस्थापन समिति गठन गरिएको बताएका छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.