Websoft University

सुदुरपश्चिम प्रदेशमा अझै हटेन छाउपडि हटेन छात्रहरुको पढाई बिग्रहदै,


काठमाण्डौ माघ २५ गते । रातो तारा डट कम,सुदुपश्चिममा महिनावारीका समयमा छात्रहरु बिद्यालय नजाने, गाई भैसिको दुध, दहि नखाने लगाएतको चलन हट्न सकेको छैन । छाउगोठ भत्काएपनि अलगै बस्ने चलन पनि छुट्न सकेको छैन ।  

छाउपडी गोठ भत्काएपनि महिनावारीका समयमा अलग्गै बस्ने चलन भने हटेको छैन । महिनावारीकै कारण ग्रामिण क्षेत्रका  छात्राहरु महिनामा चारदिन बिद्यालय जादैनन् । जस्ले गर्दा पढाई बिग्रिदै गएको  एक जना किसोरी साबित्री भट्टको गूनासो छ ।  एकातिर पढाईको पिर अर्को तिर पोषणयुक्त खानेकुरापनि खान नपाइने ।

गाइभैसीको दूध, दही खानबाट पनि बञ्चित हुनु परेको अर्का किशोरी सिता सिंह बताउँनुहुन्छ ।  महिनावारी प्राकृतिक बिषय हो भन्ने नबुझेका कोही छैनन् , तर गलत परम्परा भने हट्न सकेको छैन । स्थानीय सरकार आएपछि जनप्रतिनिधिले प्रहरी र बिभिन्न गैह्र सरकारी सस्थाहरुसंग सम्मन्वय गरेर अभियान भने चलाइरहेका छन् । जसले महिनावारी बार्ने चलन केही कम भएको छ, तर पूर्ण रुपमा सार्थकता पाएको छैन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.