Websoft University

स्थायी कमिटिको बैठक बोलाइयो–प्रधानमन्त्रीले राजीनामा नदिने


काठमाण्डौ फागुन १२ गते । रातो तारा डट कम, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने हुनुभएको छ । प्रधानमन्त्री सल्लाहकारले सर्वोच्च अदालतको फैसला मानेर जाने तर तत्काल राजीनामा नदिने बताउनु भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले हिजोराति सामाजिक सञ्जालमार्फत् त्यस्तो प्रतिक्रिया सार्वजनिक गर्नु भएको हो । ‘प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन’ उहाँले लेख्नु भएको छ । अदालतको फैसलाबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था नरहेको पनि उहाँको तर्क छ । यसैबीच, प्रधानमन्त्री ओलीले अदालतको फैसला पछि रणनीतिक छलफल सुरु गर्नु भएको छ । राती अबेरसम्म निकटस्थहरुसँग छलफल गर्नु भएका ओलीले आज बिहान पार्टीको स्थायी कमिटी बोलाउनु भएको छ । 











Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.