काठमाण्डौ फागुन १२ गते । रातो तारा डट कम,लाङटाङ राष्ट्रिय निकुन्जले नुवाकोट, रसुवा र सिन्धुपाल्चोकका बाली पीडित किसानलाई क्षतिपूर्ती प्रदान गरेको छ । निकुञ्ज आसपासका किसानलाई अन्न बालीको क्षतिपूर्तिवापत राहत रकम प्रदान गरिएको हो । वन्यजन्तुले किसानको खेतबारीमा पसी अन्न बालीमा नोक्सान गरेपछि चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १ सय ३९ जना किसानलाई राहतवापत क्षतिपूर्ती रकम वितरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । क्षतिको मूल्याङ्कनका आधारमा बढीमा १० हजार रुपैयाँसम्म राहत दिइने कानूनी मापदण्डनुसार कुल १० लाख ४६ हजार ८ सय ३५ रुपैयाँ वितरण गरिएको निकुञ्ज कार्यालय धुन्चेले जनाएको छ । निकुञ्ज क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बासिन्दाले आफ्नो खेतीमा लगाएको अन्न बाली बर्सेनि जङ्गली भालु तथा बँदेलले क्षति पुर्याइरहेको अवस्थामा सरकारले प्रदान गरेको सानो सहयोगले किसानलाई राहत मिलेको छ ।
Post a Comment