Websoft University

आज पनि फुटबलका दुई खेल हुँदै


काठमाण्डौ फागुन १२ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेलहरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा बाँसबारी क्लब र टुसाल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । बाँसबारी र टुसालबीचको खेल अपरान्ह सवा १२ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यस्तै दोस्रो खेलमा श्री कुमारी क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ । श्री कुमारी र श्री भगवतीबीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ । कोरोना भाईरसको कारण गत वर्षबाट स्थगित लिग सोमबारबाट पुनः सुरु भएको हो । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ‘ए’ डिभिजन लिगमा बढुवा हुने छन् भने एक टिम ‘सी’ डिभिजनमा घटुवा हुने छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.