Websoft University

पत्रकार सम्मेलन--अनुसन्धान प्रगती विवरण

 

बिराटनगर फागुन १२ गते । रातो तारा डट कम,मोरङको सभाहलमा जिल्ला मोरङ उर्लाबारी ५ निवासी मृतक प्रबिन बास्तोलाको मृत्युको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले पत्रकार सम्मेलन मार्फत मृतकको घटना सम्बन्धमा हालसम्म भएको प्रगती विवरण तथा पछिल्लो घटना क्रममा मिडियामा आएका कुराहरूको बारेमा संचारकर्मी मार्फत जानकारी गराउनु हुँदै प्रहरी नायव उपरीक्षकको कमाण्डमा छानविन टोली गठन गरी थप अनुसन्धान भई रहेको, प्रहरीले मात्र एकतर्फी रूपमा अनुसन्धान नगर्ने भएकोले यस बिषयमा जिल्ला सरकारी वकिल कार्यालयको समन्वय तथा जिल्ला अदालतको आदेश समेत हुने भएको हुँदा प्रहरीले किर्ते गरी कागज बनाउन नसक्ने कुरा बताउनु हुँदै मृतकको परिवार जनलाई प्रहरीसँग समन्वय र सहकार्य गरी अगाडी बढेमा दुवै पक्षलाई सहज हुने कुरा बताउनुका साथै उक्त घटनाको सम्बन्धमा प्रहरीले त्रुटि रहित ढंगबाट अनुसन्धान गर्ने कुरा वताउनु भयो । सो सम्बन्धमा निम्नानुसार प्रगती भएको समेत बताउनु भयो ।

निम्न:--

१.मिति २०७७।९।५ गतेको घटनास्थल, लाश जाँच मुचुल्का र मानिस मरेको भवितब्य ज्यान ब्यहोराको जाहेरी दरखास्त कागजातहरु गरिएको ।

२.मिति २०७७।०९।०५ गते मृत लाश पो।माको लागि धरान स्थित बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको ,

३.पिडितका मानिसले पोष्टमार्टम रिपोर्ट प्राप्त भए पछि मृतक संग सोही कोठामा संगै बस्ने मेहरमान दर्जि, राजेश रणपहेली, दिपेश पौडेल र सुदिप परियारको बिरुद्दमा किटानी जाहेरी दिने भने पछि निजहरुलाई प्रहरी प्रतिबेदनमा अभद्र ब्यबहार मुद्दा शिर्षकमा पक्राउ गरि अनुसन्धान कार्य जारी गरिएको ।,

४.मिति २०७७।०९।१९ गते भिषेरा परिक्षणको लागि पुर्व क्षेत्रिय विधि बिज्ञान प्रयोगशाला धरानमा पठाईएको ।

५.मिति २०७७।०९।१९ गतेको पो।मा पत्रमा मृत्युको कारण भिषेरा रिपोर्ट परिक्षण पछि यकिन हुन सक्ने भन्‍ने ब्यहोराको पोष्टमार्टम रिपोर्ट  प्राप्त भएको।

७. मिति २०७७।०९।२२ गते  मेहरमान दर्जि,राजेश रणपहेली,दिपेश पौडेल , सुदिप परियार,घर धनि रमेश गिरी र होटल संचालक कुमार राई समेतको नाममा यि कसुरदारहरुले मादक पदार्थ रक्सीमा बिषालु पदार्थ मिसाई रमेश गिरीको घरको कोठामा लगि कर्तब्य गरी मारेको भनी कर्तब्य ज्यान सम्बन्धि कसुरको जाहेरी प्राप्त ।

८. मिति २०७७।०९।२६ गते पक्राउ परेका प्रतिवादीहरुको बयान गराईएको तथा मिति २०७७।०९।२७ गते प्रतिवादाहरु रमेश गिरी र कुमार राईलाई समेत पक्राउ गरिएको ।

९. मिति २०७७।०९।२७ गते घटनाको बारेमा थाहा पाउने दुर्गा प्रसाद तामाङको कागज गरिएको ।

१० .मिति २०७७।०९।२७ गते पक्राउ परेका प्रतिवादी रमेश गिरी र कुमार राईको बयान गराईएको ।

११.मिति २०७७।०९।२८ गते रमेश पौदारकोकागजगरिएको ।

१३. मिति २०७७।०९।२९ गते प्रहरी अनुसन्धान प्रतिवेदन सहित मिसिल कागजातहरु सरकारी वकिल कार्यालय मोरङमा पेश गरिएको ।

१४. मिति २०७७।०९।२९ गते  मृत्युको कारण यकिन हुन नसकेको भनि सरकारी वकिल कार्यालय मोरङ बाट निर्देशन प्राप्त ।

१५.मिति २०७७।१०।०२ गते निर्देशन सहित पक्राउ परेका प्रतिवादीहरुलाई हाजिरी जिम्मा जमानीमा छाडिदिई थप अनुसन्धान गरी निर्दैशन सहित मिसिल फिर्ता पठाईएको हुँदा प्रतिवादीहरुलाई सोही दिन निजहरुलाई माथवर ब्यक्तिको जिम्मा लगाई जिम्मा जमानीमा छाडिएको ।

१६.मिति २०७७।१०।०५ गते भिषेरा परिक्षणको रिपोर्टमा Negative tests for above mentioned insecticides, ethyl alcohol and phosphine gas, भनि उल्लेख भई आएको रिपोर्ट ।

१७. मिति २०७७।१०।०७ गते मृत्युको कारण खूलाई पठाईदिनु भनि भिषेरा रिपोर्ट सहित धरान स्थित बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुनसरीमा पठाईएको ।

१८. मिति २०७७।१०।१२ गतेमा The injuries are suggestive of violent asphyxia, therefore cause of death due to strangulation can not be ruled out,  भन्ने ब्यहोराको बि।पि।कोईराला धरानको फाईनल मृत्युको कारण भनि खुलाई लेखाईएको पत्र ।

१९. मिति २०७७।११।१२ गते  मृत्युको कारण खुली आएको बारेमा प्रतिवादीहरु कुमार राई, मेहरमान दर्जि र कुमार राईलाई पुन ततिम्बा बयान गराईएको ।

२० . मिति २०७७।११।१३ गते ओम बहादुर थापालाई घटनाको बारेमा घटना बिबरण कागज गराईएको ।

२१. मिति २०७७।१०।१५ गते फाईनल मृत्युको कारणको सम्बन्धमाViolent asphyxia के के कारणले हुन सक्छ भनि बि।पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पत्र लेखिएको

२२.मिति २०७७।११।१८ गते तुलसी दाहाल,उमा बास्तोला र दिपेन्द्र पौडेलले जाहेरी दरखास्तमा उल्लेखित प्रतिबादीहरुले  प्रबिन बास्तोलालाई स्वास फेर्न नदिई मुख तथा नाक थुनी कर्तब्य गरी मारेको भनि कागज गरि दिएको ।

२३.मिति २०७७।१०।२२ गते Violent asphyxia हुनेकारण anging, strangulation, drowning, choking, positional asphyxia,

traumatic asphyxia हुन सक्छ Violent asphyxia का बिभिन्‍न कारणहरु मध्ये कुनै एउटा कारण बाट मृत्यु भएको भनि यकिनका साथ भन्‍ने ब्यहोराको बि।पी।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान सुनसरीको पत्र प्राप्त भई अनुसन्धान कार्य जारी रहेको हुँदा आज मिति २०७७।११।०९ गते जिल्ला सरकारी वकिल कार्यालय मोरङमा जाहेरी दरखास्तमा उल्लेखित प्रतिवादिहरुको बिरुद्दमा ज्यान सम्बन्‍धि कसुरमा राय प्रतिवेदन साथ पठाईएको ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.