Websoft University

धरानका मेयरको दोश्रो रुख काण्डले बिबादमा तान्यो

 

धरान सुनसरी । रातो तारा डट कम,आफनो आमाको घर वनाउन भनि आफै जगल चाहरेर एक थान गतिलो सखुवाको रुख काटन लगाएर चर्चामा आएका धरान उपमहानगर पालिकाका मेयर तिलक राईले पुन धरान २० स्थित ओशो पार्क भित्रको ३ थान रुख काटन लगाएर दोश्रो रुख काण्ड चर्काउन लागेका छन ।  

धरान २० स्थित सर्दु खोलाको ओशो महापरीनिर्माण ध्यान केन्द्रको हाता भित्र रहेको दुई वटा मलेसियन सालको रुख र एक थान सिरीषको रुख काटेर सार्वजनिक शौचालय वनाउन आदेश दिए पछि नगर प्रमुख राई पुन विवादमा परेका छन ।   

धरान २० स्थित सर्दु जलाधार क्षेत्र भित्र वनेको वीपी पार्क, रक गार्डेन, ओशो आश्रम हेर्न आउने पर्यटकको सख्या वढन थाले पछि त्यहा सार्वजनिक शौचालयको आवश्यकता थियो । यर्सै वीच धरानकी उपमेयर मन्जु भण्डारीको सकृयतामा खानेपानी मन्त्रालयले  ग्रामिण  खानेपानी तथा सरसफाइ विकाश कोष अन्तर्गत धरानमा पनि दुई वटा सार्वजनिक शौचालय निर्माण गरीदिने भएको छ । 

मन्त्रालयले सो शौचालय मध्ये एउटा धरान १२ को पव्लिक हाईस्कुल को मैदान र धरान १३ मा निर्माण गर्न भनि ठेक्का पनि लगाई सकेको छ ।  ठेकेदार कम्पनीले धरान १३ को कुन स्थानमा वनाउने भनि सोध्दा नगर प्रमुख राईले ओशो आश्रमको हाता भित्र रहेको पुरानो शौचालय सगै वनाउने आदेश दिएका थिए । ठेकेदारले पनि मेयरको आदेश वाहेक अरु कोहि सरोकारवाला निकाय सग सोधपुछ नगरी सो रुखको हागा काटन थाले पछि धरान वार्ड न २०का वडाध्यक्षले आफनो वार्ड भित्रको रुखपात मासेर जलाधार क्षेत्रमा शौचालय नवनाउन नगरपालिकालाई पत्राचार गरे पछि हाल सो काम रोकिएको छ । ऐलानी वन क्षेत्र भित्रको कुनै पनि रुख काटनु परे जिल्ला वन कार्यालय सग अनिवार्य स्विकृति लिनु पर्छ तर अहिले सम्म हामी सग नगर पालिकाले सम्पर्क गरेको छैन भनि जिल्ला वन कार्यालयका अधिकृतहरुले वताए ।  शौचालय निर्माण स्थलमा दुई वटा मलेसियन सालको रुख वाहेक एउटा रातो सिरिषको रुख पनि छ जस्लाई ५ वर्ष अधि वीपी पार्क को शिलान्यास गर्न आउदा नेपाली काग्रेसका नेता तथा पुर्व प्रधानमन्त्री शेर वहादुर देउवा र राम चन्द्र पौडेल ले रोपेका थिए । आश्रमकै सरक्षणमा हुर्किएका ति रुखहरु पनि काटनु पर्ने, धरानेले खानेपानीको मुहान क्षेत्रको छेउमा पनि सार्वजनिक शौचालय वातावरण मैत्री हुन नसक्ने भएकोले सो स्थानको विकल्प खोज्न आश्रमले नगर प्रमुखलाई पत्रचार पनि गरेको थियो । तर नगर प्रमुखले एकोहोरो रुपमा सोहि स्थानमा वनाउने ढिपि कसे पछि धरान १३का वडाध्यक्ष लगायत वातावरणवादिहरु पनि असन्तुष्ट रहेका थिए । प्राविधिक तथा स्थानिय दिएको सल्लाह अनुसार  पुल देखि पुर्वमा पर्ने टेम्पो, गाडि स्टयाण्ड नजिकको खाली जमिनमा वनाउन उपयुतm हुने वताएका थिए ।          

पहिलो काठ काण्ड सरकारी वकिलको मा थन्कियो । 

नगर प्रमुख राई ले आफनो घर वनाउन अवैध रुपमाले काटन निर्देशन दिएको भनिएको  चर्चित पहिलो सखुवाको रुख काण्ड अहिले सुनसरीको सरकारी वकिलको कार्यालयमा पुगेर थन्किएको छ । 

नेपाली काग्रेसको रुख चुनाव चिन्ह लिएर डेढ वर्ष अधि सम्पन्न भएको उप निर्वाचनमा धरान उपमहानगर पालिकाको मेयर पदमा जितेका तिलक राईले भदौ १३ गते धरान २० स्थित भालुढुगा सामुदायिक वन भित्रको एक थान काचो सखुवाको रुख काटन लगाएका थिए ।  वन कार्यालय र सामुदायिक वनको अनुमति विना रुख ढालेको अभियोगमा ईलाका वन कार्यालय धरानले धरान ११ वस्ने चार जना मजदुर र सामुदायिक वनका कोषाध्यक्ष भीम वस्नेत लाई पक्राउ गरी अमानतमा छाडि पनि सकेको छ । तर सो रुख काटन निर्देशन दिएको आरोप लागेका मेयर राईलाई भने वनले कुनै सोधपुछ सम्म गर्न सकेको छेन ।  जवकि सो रुख काटन लगाउने नगर प्रमुख राई र अन्य ५ जनाको नाममा सामुदायिक वनका अध्यक्ष वल वहादुर तामाडले तत्कालै इलाका वन कार्यलय धरानलाई किटानी जाहेरी दिएका थिए । 

सो रुख काण्डको छानवीन गरी प्रतिवेदन वुझाउन जिल्ला वन कार्यलय सुनसरीले विष्णुपदुका क्षेत्रका वन अधिकृत राजेन्द्र यादवलाई अख्तियारी दिएको थियो । यादवले एक महिना लगाएर प्रतिवेदन सरकारी वकिलको कार्यलयमा वुझाएको छ । तर सरकारी वकिलले सो प्रतिवेदनमा केहि प्रमाणहरु नपुग भएकोले प्रमाण पुर्याएर पुन पेश गर्न ईलाका वन कार्यालयमा फायल पठाएको थियो । तर अभियुतmहरुलाई वीच वताच गर्ने उद्देह्यले वकिल कार्यालयले ४ वटा प्रमाण जुटाउन भनिएको थियो । सो चारवटा प्रमाणहरुमा रुख काटन प्रयोग गरीएको हतियार (स्वचालित आरा ) , नगर प्रमुखले आफनी आमा मनमाया राई को नाममा सामुदायिक वनमा पेश गरेको निवेदन,  काटिएका रुखको अडियो भिडियो तस्वीरहरु , आफुले रुख काटेर गल्ती गरेको स्विकार गर्दै सामुदायिक वनका पदाधिकारीहरु समक्ष गाउकै एक घरमा वसेर नगर प्रमुखले माफि मागेको अडियो रेकर्ड आदि मागिएको थियो । तर ति चार मध्ये  काटिएको रुखको तस्विर वाहेक वन कार्यालयले अरु प्रमाणहरु जुटाउन नसकेको कुरा वनका कर्मचारीहरु वताउछन । सामुदायिक वनमा दिएको निवेदन अध्यक्ष तामाडले आफनो सहसचिवलाई राख्न दिएका थिए तर उनले आफु सग पत्र नभएको भनि लुकाएका छन । यसै गरी वनले रुख काटने ४ जना मजदुरहरु पक्राउ गरे पनि तत्कालै स्वचालित आरा वरामद गर्न नसकेको भनि सो प्रमाण पनि लुकाउन सफल भएका छन । यसै गरी नगर प्रमुख राईले वनका पदाधिकारहरु समक्ष गल्ती स्विकार गरी वोलेको अडियो रेकर्ड सर्वप्रथम धरानका नेकपाका नेताहरुले फेसवुकहरुमा हालेर भाईरल वनाएका थिए । सोहि रेकर्डहरु धरानका सवै अनलाईन पत्रिका तथा एफएम र टिभीहरुले प्रसारण गरेका थिए । ति सवै रेकर्डहरु अहिले रातारात हराएका छन । अझ सो रेकर्डलाई सामाजिक अभियन्ताको रुपमा देखा परेका हर्क साम्पाड नामका व्यतिmले ईलाका वन कार्यालय धरान मा नै गएर धर्ना, जुलस गरी ज्ञापनपत्र सहित वुझाएका थिए । सोहि रेकर्ड वन कार्यालयले सरकारी वकिल समक्ष वुझाएको वताउछन । तर सरकारी वकिल ले भने सो रेकर्ड कस्ले टेप गरेको सो व्यतिmको वयान सहित पेश गर्न आदेश दिए पछि वनलाई अप्ठायारो परेको वताउछन । किन भने रेकर्ड गर्ने मान्छे उपस्थित भएमा उस्ले अनुमति नलिई रेकर्ड गरेको अभियोग लगाएर उल्टै पक्राउ गर्ने सरकारी वकिल कार्यालयको षढयन्त्र भएको गाउलेहरु वताउछन । यसरी यो रुख काण्डमा  नेपाली काग्रेसका नगर प्रमुखलाई वचाउन नेकपाका स्थानिय तथा प्रदेशका नेताहरु लागेर सवैलाई छक्क पारेका थिए । हाल  नेपाली काग्रेसका साना ठुला सवै तहका नेता कार्यकर्ताहरुले सरकारी वकिल कार्यालयलाई ठुलो दवाव दिए पछि यि लुकाईएका प्रमाणहरु फेला नपरेको भनि केश लाई कमजोर वनाई डिसमिस गर्ने उधोगमा वनका हाकिमहरु र सरकारी वकिल  कार्यालय लागेको वताईन्छ ।  अहिले रूख कटान रोकिएको छ। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.