Websoft University

प्रचण्ड–नेपाल समूहको आजको हड्तालमा सहभागिहरु प्रहरी नियन्त्रणमा पर्दै,


काठमाण्डो माघ २२ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल गरेको छ । सरकारले संवैधानिक पदहरूमा गैरकानुनी रुपमा नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनको घोषणा गर्दै प्रचण्ड–नेपाल समूहले आज आम हड्ताल गरेको हो । 

आज आमहड्ताल गरेको प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका छन् । आम हड्तालको प्रभाव काठमाडौं उपत्यकामा बिहानैदेखि देखिन थालेको छ । बिहानैदेखि प्रहरी र सशस्त्र प्रहरीले काठमाडौं उपत्यका विभिन्न स्थानबाट हड्ताल गर्न निस्किएका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ । उज्यालो नहुँदै सामाखसुसीबाट केही युवा पक्राउ परेका छन् भने कलंकीबाट नेतृ अष्ठलक्ष्मी शाक्यसहित दर्जनौं नेता कार्यकर्ता पक्राउ परेका छन् । 

यसैबीच, उपत्यकाका विभिन्न ठाउँमा बन्द गर्दै हिँडेका अन्दोलनकारी र प्रहरीबीच मुठभेढ भएको छ । अनेरास्ववियूका संयोजक रञ्जित तामाङका अनुसार हालसम्म पार्टीका केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोटा दीपशिखा, रमेश मल्ल तिलक भण्डारीसहित दजनौं नेतारकार्यकर्तालाई प्रहरीले गिराफ्तार गरेको छ । नेकपाको आन्दोलनलाई ध्यानमा राखी गृह मन्त्रालयले सुरक्षा व्यवस्था कडा बनाउँदै चोक चोकमा प्रहरी परिचालन गरेको छ । सरकारले संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढङ्गले संसदीय सुनुवाई बिनै शपथ गराएपछि प्रचण्ड–नेपाल समूहको सचिवालय बैठकले आन्दोलनको कार्यक्रम थप सशक्त गर्ने निर्णय गरेको हो । 

हिजो पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले बन्द हड्ताल लगायतका कार्यक्रम सार्वजनिक गरेको छ । यसअघि हिजो साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकालेको थियो । देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँ पूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै प्रचण्ड–नेपाल समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग समेत गरेको छ ।  






 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.