Websoft University

प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले बस्ने


काठमाण्डौ फागुन १० गते । रातो तारा डट कम,राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बैठक बस्न लागेको हो । अहिलेको जटिल राजनीतिक अवस्थामा बस्न लागेको सुरक्षा परिषद् बैठकलाई धेरैले चासोका साथ हेरेका छन् ।

 यसअघि भारतीय गप्तचर एजेन्सी ‘र’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमणमा आउनुअघि ५ कात्तिकमा प्रधानमन्त्रीनिवास बालुवाटारमा परिषद् बैठक बसेको थियो । खासगरी राष्ट्रिय विपत् र राष्ट्रिय सुरक्षामा खतरा पैदा भएका बेला सेना परिचालनसम्बन्धी निर्णय लिन परिषद्को बैठक बस्ने गरेको छ । देशको सुरक्षा अवस्थाबारे छलफल गर्न पनि आवश्यकताअनुसार बैठक बस्ने चलन छ । 

तर, रक्षा मन्त्रालय स्रोतले भने आज बस्न लागेको बैठकलाई नियमित भनेको छ । सुरक्षा परिषद्को प्रमुखमा प्रधानमन्त्री रहने व्यवस्था छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहने व्यवस्था छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.