शिव भट्टराई,मोरङ फागुन १० गते । रातो तारा डट कम,ट्राफिक प्रहरीले हर्न निषेध अभियान लाई विशेष प्राथमिकतामा राखी कार्यन्यवनमा ल्याएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा सोमबारबाट १ नम्बर प्रदेश भरी एकसाथ अभियान थालिएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यलयले राजमार्ग तथा साहयक मार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम संचालनमा ल्याएको ट्राफिक प्रहरी पोष्ट गछियाले जनाएको छ ।
सो अभियान अन्तर्गत ट्राफिक प्रहरीले सवारी चालकहरुलाई आदर सहित अनुरोध गर्दै हर्न निषेध अभियान संचालन गरेको छ ।ट्राफिक प्रहरीले विभिन्न सवारी साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएका थिए। सो क्रममा ट्राफिक प्रहरीले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन अनुरोध समेत गर्ने गरेको ट्राफिक प्रहरी हरी खत्रीले जानकारी दिनुभयो।
Post a Comment