Websoft University

भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिको साधारण सभा तथा बनभोज कार्यक्रम सम्पन्न

 


शिव भट्टराई,मोरङ। रातो तारा डट कम,भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिको साधारण सभा तथा बनभोज कायॅक्रम सम्पन्न भएको छ।शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रीय कार्यलयका सदस्य अर्जुन भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो भने विराटनगर स्थित ऋषिबनमा भएको कार्यक्रममा भट्टराई सेवा समाज केन्द्रिय कार्यलय विराटनगरका उपाध्यक्ष तारानाथ भट्टराईको  विशिष्ट आतिथ्यता रहेको थियो। 


कर्यक्रममा रमानाथ भट्टराईको सभापतित्व रहेको थियो।त्यसैगरी कार्यक्रममा अतिथि मनोहर भट्टराई , भटराई सेवा समाजका प्रदेश सदस्य दिपक भट्टराई, मोरङ जिल्लाका उपाध्यक्ष शिब भट्टराई, भट्टराई कुल वंश प्रतिष्ठान महानगर समितिका सदस्य राजन भट्टराई लगायत अन्य विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहेको थियो। 

उक्त कार्यक्रममा विभिन्न क्षेत्रबाट भट्टराई कुल वंश प्रतिष्ठान विराटनगर महानगर समितिलाई योगदान पुर्याउदै आएका सदस्यलाई सम्मान समेत गरिएको थियो। 

कार्यक्रममा संस्थाका उपाध्यक्ष ज्ञानू भट्टराईले स्वागत मन्तव्य राख्नु भएको थियो भने सयौँको संख्यामा रहेको भट्टराई बन्धुहरुको भेलाले आगामी दिनमा भट्टराई बन्धुहरुलाई एक जुट बनाएर अगाडि बढ्ने हौसला दिएको प्रमुख अतिथि अर्जुन भट्टराइले बताएका छन्।त्यस्तै कार्यक्रममा सहभागी विभिन्न व्यक्तित्वहरुले सम्पूर्ण भट्टराई बन्धुहरु एक जुट भएर अगाडि बढ्न  आग्रह गर्दै यस संस्थाले समाजमा सामाजिक कार्यहरुमा पनि अघि बढ्दै जाओस् भन्दै शुभकामना व्यक्त गरेका थिए।त्यसैगरी उक्त कार्यक्रम संस्थाका सह -सचिव पराशर भट्टराईले सञ्चालन गर्नु भएको थियो।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.