Websoft University

फरार अभियुक्तहरू पक्राउ परे

 


गाईघाट १९ माघ । रातो तारा डट कम,जिल्ला प्रहरी कार्यालय उदयपुरको सक्रियतामा डेढ वर्षको अबधिमा ७६ जना फरार अभियुक्त पका्रउ परेकाछन । बिभिन्न अपराधमा संलग्न रहि अदालत बाट दोषि ठहर भएका तर लामो समय देखी फरार रहेका उनीहरु लाइ बिभिन्न सुराकीको आधारमा पका्रउ गरीएको प्रहरीले जनाएको छ । पका्रउ परेका उनीहरु लाई अदालती फैसला कार्यान्वयनको लागी कारागार चलान समेत गरीएको छ । पका्रउ परेका उनीहरु बाट ६ लाख ७५ हजार ६ सय ३२ रुपैया बिगो जरीवाना असुल गरीएको जिल्ला प्रहरी कार्यालय उदपुरका प्रमुख एसपि भिम बहादुर दाहालले बताए । आर्थिक बर्ष २०७६ ÷७७ देखी चालु बर्ष २०७७÷०७८ पौष मसान्त सम्म पका्रउ परेका ७६ जना लाई ५४ बर्ष १० महिना ८ दिन कैद सजाय तोकीएको छ । प्रहरी तथ्याङक बाट सबै भन्दा बढी बन मुद्धा मा फरार रहेको २५ जना पका्रउ परेकाछन । लागु औषध मुद्धामा संलग्न ७ जना, जवरजस्ती करणीमा ६ र जुवा म्ुद्धामा ६ अभियुक्त पका्रउ परेकाछन । त्यसैगरी चोरीमा ५,  ज्यान मार्ने अभियोगमा ४ जना र अन्य पका्रउ ब्यक्तिहरु सार्बजनिक अपराध,जालसाजी, ठगी ,कुटपिट मुद्धामा संलग्न रहेको प्रहरीले जनाएको छ ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.