Websoft University

न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण

 


बिराटनगरमाघ १८ गते । रातो तारा डट कम,

१ नम्बर प्रदेश प्रहरी श्रीमती संघको आयोजनामा न्यानो कपडा तथा खाधान्न सामाग्री बितरण कार्यक्रम सम्पन्न भएको छ ।


सामाजिक कार्यमा अग्र भागमा रही कार्य गर्दे आईरहेको प्रदेश प्रहरी श्रीमती संघले असह्याय तथा विपन्न ब्यक्तिहरुको लागी न्यानो कपडा तथा खाधान्न बितरण गरेको हो ।  झापाको गौरिगंज गाँउपालिका-६ का ३५ घर परिवारलाई गौरिगंज भगवती प्राथमिक बिधालयको प्राङगणमा आज दिउँसो एक कार्यक्रममा बिच १ नम्बर प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती श्रीजना थापा कार्कीले ब्ल्याङ्केट तथा खाधान्न सामाग्रीहरु बितरण गर्नु भएको हो । उक्त कार्यक्रम पश्चात बोल्नुहुँदै वहाँले प्रदेश प्रहरी श्रीमती संघले बिबिध सामाजिक कार्यहरु गर्दे आईरहेको सन्दर्भमा यस्ता कार्यहरुमा अझ क्रियाशिल भई अगाडी बढ्ने धारणा ब्यक्त गर्नु भयो । कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरुस्थानीय जनप्रतिनिधीहरु, स्थानियवासीहरु तथा स्थानीय शुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.