Websoft University

न्यूरोको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा डा.क्षेत्री

 


विराटनगरको मदर एण्ड चाइल्ड अस्पतालको मेडिकल डायरेक्टरमा डा.शैलजा क्षेत्री नियुक्त हुनुभएको छ । विराटनगर स्थित जहदा रोडमा रहेको न्युरो कार्डियो एण्ड मल्टिस्पेसियलिटि अस्पतालको विस्तारित शाखा मदर एण्ड चाइल्डको मेडिकल डायरेक्टरमा उहाँलाई नियुक्त गरिएको हो । 


धरान स्थित बिपि कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा स्त्री तथा प्रसुति सेवाको प्रोफेसरको रुपमा रहनुभएका डा.क्षेत्रीलाई अस्पताल स्थानान्तरण कार्यक्रममा यो जिम्मेवारी दिइएको अस्पताल प्रसाशनले जनाएको छ । डा.क्षेत्रीले प्रदेश नम्बर १ मै स्त्री तथा प्रसुती सम्बन्धी उपचारमा ख्याती प्राप्त डाक्टर हुन । 

यस्तै , आज विराटनगर महेन्द« चौक स्थित रहेको मदर एण्ड चाइल्ड अस्पतालमा एक कार्यक्रमको आयोजना गरि अस्पतालको भव्यरुपमा सेवा सुचारु गरेको छ । अब यस अस्पतालमा , स्त्री रोग तथा प्रसुति सेवा ,जनरल सर्जरी सेवा , हाड जोर्नी सम्बन्धी सेवा, नवजात शिसु तथा बाल रोग सम्बन्धी सेवा ,दन्तरोग सम्बन्धी सेवा , छाला तथा सौन्दर्य सम्बन्धी सेवा सुचारु भएको छ । कार्यक्रममा बोल्नुहुदै अस्पतालका अध्यक्ष एवम बरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्र कुमार विष्टले न्यूरो हस्पिटल , कोभिड अस्पताल , साथै अबको दिनमा मदर एण्ड चाइल्ड अस्पताललाई समेत सञ्चालन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै उही सोही जोश र उर्जाका साथ जनसेवा गर्ने विश्वास व्यक्त गनुभयो । .

कोभिडका कारण मदर एण्ड चाइल्डबाट न्युरो अःपतालमा सारिएको सम्पुर्ण सेवा थप विभागहरु सहित अब मदर एण्ड चाइल्ड अस्पतालबाटै नियमित रुपमा प्रदान गरिने अस्पतालका अप्रेशनल डायरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । उहाले सबैको सहयोगबाट कोरोना उपचारमा अस्पतालले सफलता पाएको समेत बताउनुभयो ।  .

उक्त कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक अनिशा विष्ट ,अस्पतालका डाइरेक्टर रञ्जित राज बस्नेत , न्यूरो हस्पिटलको मेडिकल डाइरेक्टर एवम बरिष्ठ न्यूरो सर्जन डा. यम बहादुर रोकाको उपस्थिती  थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.