Websoft University

आगामी फागुन ८ गते विराटनगरमा हुने जनसभामा १४ जिल्लाका जनताको सहभागिता रहने कार्यक्रमलाई प्रम ओलिले सम्बोधन गर्नुहुने


 विराटनगर  माघ २९ गते । रातो तारा डट कम, नेपाल कम्यूनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी फागुन ८ गते विराटनगरमा हुने जनसभामा १४ जिल्लाका जनताको सहभागिता हुने छन् ।

नेकपा १ प्रदेश कमिटीआज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता एवं सार्वभौमसत्ताको रक्षाको सन्देश र ताजा जनादेशमा लिन जनतासमक्ष जानका लागि प्रदेश स्तरिय जनसभाको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा प्रचार प्रसार समिति संयोजक राजेन्द्र गौतमले विकास, समृद्धि र राजनीतिक स्थायित्व, सुदृढ लोकतन्त्रका लागि सभाको आयोजना गर्न लागिएको बताए । उनले फागुन ६ गते सुनसरीको इटहरी र मोरङको विराटचोकलाई मुल केन्द्र मानेर १० हजारको सहभागितामा मोटरसाईकल ¥यालीको आयोजना गर्ने, फागुन ७ गते विहान विराटनगर, इटहरी, धरान, इनरुवा, विराटचौक, दमक, विर्तामोडमा युवाहरुको आयोजनामा प्रभातफेरि गरिने बताए ।

प्रेस संगठनको इन्चार्ज समेत रहेका नेता गौतमले फागुन ७ गते दिउँसो युवा÷विद्यार्थीको मार्चपास र प्रेस संगठन नेपालको प्रदेश स्तरिय भेलाको पनि आयोजना गरिने जानकारी दिए ।

प्रदेशस्तरीय सभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा, नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले समेत सम्वोधन गर्ने छन् ।

प्रदेश १ का १४ वटै जिल्लाबाट १ लाख ३६ हजार भन्दा बढीको जनताको सहभागिता रहने मुल जनपरिचालन समिति सचिव तथा विनोद ढकालले जानकारी दिए ।

जनसभालाई भव्य बनाउनका नेकपा प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेको संयोजकत्वमा १ हजार १११ सदस्यीय समिति निर्माण गरिएको छ ।

केन्द्रीय सदस्य गौतम र अर्का केन्द्रीय सदस्य एवं आन्तिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की उपसंयोजक रहेको प्रचारप्रसार कमिटी समेत गठन गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.