Websoft University

एन्फा कम्प्लेक्समा आज एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुने


काठमाण्डांंै माघ २८ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज एक मात्रै खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज शीर्ष स्थानको एपीएफ र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजेबाट सुरु हुनेछ । रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । जारी महिला लिगमा एपीएफ अपराजित रहने एक्लो टिम हो । एपीएफले ७ खेलमा २१ अङ्क जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ । यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न   चाहन्छ । चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ । तर,चन्द्रपुरलाई एपीएफलाई हराउँन सहज भने हुने छैन । चन्द्रपुरले ७ खेलमा ६ अङ्क जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.