गाईघाट ३ फगुन । रातो तारा डट कम,नेपाली कागे्रसका केन्दी्रय सदस्य प्रदिप गिरीले नेपालको संबिधानमा प्रधानमंत्री लाई संसद बिघटन गर्ने अधिकार नभएको बताएकाछन । प्रधानमंत्री ले संबिधान बिपरीत सनकको भरमा संसद बिघटन गरेर गलत काम गरेको उनले बताए । नेपाली कागे्रस उदयपुरले सोमबार गाईघाटमा आयोजना गरेको बिरोधमा सभामा भारत र बेलायतमा जस्तो प्रधान मंत्री ले संसद बिघटन गर्न सक्ने अबस्था नेपालमा नरहको उनले बताए ।“ पार्टि भित्रको आन्तरीक खिचातानी ले गर्दा प्रधानमंत्री केपी ओलीले गैरकानुनी ढङगले संसद बिघटन गरेर दुनीया हसाएका छन । ” उनले भने । उनले संसद बिघटन पछिको मुलुकमा उत्पन्न बिषय परिस्थीती मा कागे्रस द्धिबिधामा रहेको बताए । “पाटिे र्ले अहिले सम्म यो बिषयमा कुनै धारणा बनाउन सकेको छैन । पार्टि सभापती ले एउटा कुरा गर्न हुन्छ, बरिष्ट नेता पौडेल आफनै ढङगले अघि बढ्नु खोज्नु हुन्छ । ” केन्दी्रय सदस्य गिरीले भने । उनले बर्तमान परिस्थीतीको फाइृदा कागे्रस ले लिन सक्नु पर्ने बताए ।“ कम्युनिष्ट , कम्युनिष्ट बिच को काटमार ले अहिले कागे्रस लाई ठुलो फाईदा पुगेको छ । यस्तो सुनौलो मौका कुनै पनि हालतमा गुम्न दिनु हुदैन । उनले भने ।
Post a Comment