Websoft University

इटहरी उपमहानगरले साना व्यबसायीलाइ तालिम दिएर सकृय बनाउदै


सुनसरी । रातो तारा डट कम,इटहरी उपमहानगरले दुई दिन सम्म तालिम दिएर सिकाएको भोलीपल्टै देखि इटहरी ५ जनतावस्तिकी मालती राईले डोनट वनाएर वेच्न थाल्नुभयो । अहिले त दिनमै ५ सम्म सम्म फाइदा हुन थालिसकेको छ ।

इटहरी उपमहानगरको उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत विपन्न समूदायका महिलाका लागि दुईदिने डोनट,भक्का र पकौडा वनाउने तालिम दिएपछि १६ जना महिलाले सिकेको शीप अनुसार डोनट,भक्का र पकौडा वनाएर वेच्न थालेकाहुन । उपमहानगरले ब्यवसाय संचालन गर्न आवश्यक पर्ने भाँडा,ताई,आरी,जग,झाँभर,वाल्टी,चिम्टा,तेल पीठो प्रदान गरेको छ । उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ती समाग्री प्रदान गर्नुभयो । प्रमुख चौधरीले महिला दिदीवहिनीलाई आत्मनिर्भर वन्न शुभकामना दिनुभयो । उपप्रमुख गौतमले परिवार धान्न समस्या परिरहेका दिदी वहिनीहरुले गरिखाने अवस्था सृजना गर्न उपमहानगरले तालिम प्रदान गरि  समाग्री समेत उपलब्ध गराएको वताउनुभयो । तालिम र ब्यवसाय संचालन गर्न आवश्यक पर्ने समाग्री प्राप्त गरेपछि मालती राईले भन्नुभयो “घरैमा त्यतिकै वस्नुभन्दा डोनट वनाएर वेच्दा नुन तेल खान पुग्ने रहेछ ।” इटहरी उपमहागरले संचालन गरेको डोनट,भक्का र पकौडा वनाउने तालिममा २७ जना महिलाको सहभागिता थियो । ति मध्ये १६ जनाले डोनट,भक्का र पकौडा वनाएर वेच्न सुरु गरेका हुन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.