Websoft University

काँग्रेसको बैठक आज पनि बस्ने


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम,नेपाली काँग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न काँग्रेसको पदाधिकारीको बैठक बस्न लागेको हो । बैठक देउवा निवास बुढानीलकण्ठमा दिउँसो तीन बजे बोलाइएको छ । बैठकमा पार्टीका पूर्वपदाधिकारीहरुसमेत सहभागी हुने काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकमा विकसित राजनीतिक घटनाक्रम, संसद् पुनःस्थापनापछि काँग्रेसको रणनीति, नेकपा प्रचण्ड–माधव समूहको प्रस्तावलगायत विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि पुनःस्थापित संसदमा नयाँ सरकार गठनको रस्साकस्सी सुरु भएको छ । यसमा काँग्रेस निर्णायक देखिएको छ । 

प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले बुधबार देउवालाई भेटेर सत्ता साझेदारीको प्रस्तावसमेत राखिसकेका छन् । देउवाले पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए । त्यसैले काँग्रेस संसदीय दलका नेतासमेत रहनुभएका देउवाले आज पदाधिकारी र पूर्वपदाधिकारीहरुसँग संयुक्त छलफल गर्न लाग्नुभएको हो । 

यो बैठकपछि देउवाले छिट्टै संसदीय दलको पनि बैठक बोलाउनु हुनेछ । प्रतिनिधिसभामा काँग्रेसका ६१ सांसद छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.