Websoft University

उद्योगी अभिनाष बोहराको घरमा रहेको गोदाममा छापा-गोदाममा ठूलो परिमाणमा म्याद सकिएको बिदेशी ब्राण्डको ‘टोर’ नाम गरेको रहरको दाल बरामद,जैसानी ट्रेड कन्सनलाई तीन लाख रुपैयाँ जरिवना

 


विराटनगर । रातो तारा डट कम, विराटनगरका प्रतिष्ठित उद्योगी अभिनाष बोहराको घरमा रहेको गोदाम ठूलो परिमाणमा म्याद सकिएको बिदेशी ब्राण्डको ‘टोर’ नाम गरेको रहरको दाल बरामद भएको छ ।


निखिल जैससानी बोहोरा प्रोपाइटर रहेका जैसानी ट्रेड कन्सनले आयात गरेको बिदेशी ब्राण्डको दाल ठूलो परिमाणमा म्याद सकिएको भेटिएको हो ।

पाँच वर्ष अगाडी म्याद सकिएको खाद्यबस्तु बिक्री वितरण गरेको पाइएपछि विराटनगर– ७ नेपाल राष्ट्र बैंक अगाडी रहेको जैसानी ट्रेड कन्सनलाई तीन लाख रुपैयाँ जरिवना गरिएको छ । उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको खाद्यबस्तुमा नयाँ लेबल लगाएर पुन बिक्री वितरण गरेको भेटिएपछि उद्योग, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जरिवना गरेको हो ।

जैसानी टे«डले विदेशी ब्राण्डको टोर नाम गरेको ‘रहर’ को दाल भारतदेखि आयत गर्दछ । उक्त रहरको दालको म्याद सकिएको बोरामा नयाँ लेबल लगाएर बजारमा बिक्री बितरण गरेको पाइएको हो ।

उद्योगी अविनास बोहारोका भान्जा रहेका निखिल जैससानी बोहोराले बिदेशी ब्राण्डका रहरको दाल आयात गरि विराटनगरसहित देशभरी सप्लाय गर्दै आएका छन् । बोहोराले आयात गरेको विदेशी ब्राण्डको रहरको दाल ठूलो परिमाणमा म्याद सकिएको अवस्थामा भेटिएको हो । उद्योग वार्णिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आज गरेको अनुगमनको क्रममा जैसानी टे«ड कन्सनको गोदाममा मात्र बिदेशी ब्राण्डका ४० टन रहरको दाल बरामद गरेको वार्णिज्य कार्यालयका निमिक्त कार्यालय प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

१५ केजी तौल भएको बोरा मात्र २ हजार ७ सय थान म्याद सकिएको बरामद भएको छ । यो बाहेक बजारमा पनि म्याद सकिएको ठूलो परिमाणमा रहरको दाल पठाएको हुनसक्ने भएकोले वाणिज्य कार्यालयले बजार अनुगमनलाई तिव्रता दिने भएको छ । सन् २०१३ मा उत्पादन भएको बिदेशी ब्राण्डको टोर नामको रहरको दालको म्याद सकिने मिति २०१५रहेकोछ । तर, कमाउ धन्दामा लागेका व्यापारी बोहाराले उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्दै म्याद सकिएको रहरको दालको बोरामा सन् २०२० मा उत्पादन भएको र म्याद सकिने मिति २०२२ राखेर खुल्लेआम बिक्री वितरण गर्ने गरेको अनुगमनको क्रममा फेला पारेको हो ।

व्यापारी बोहोराले म्याद सकिएको खाद्यबस्तु विक्री गर्न निक्कै चलाखि गरेको पाइएको छ । उनले म्याद सकिएको मितीलाई मेटाएर सोही स्थानमा नयाँ लेबल(स्टिकर) राखेर बिदेशी ब्राण्डको रहरको दाल बजार पठाउने कर्तुत बाहिर आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.