Websoft University

नेकपा ओली समूहको बैठक पनि जारी


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न हिजोदेखि बैठक सुरु भएको हो ।

हिजोको बैठकमाट सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको छ । अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । 

अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने, फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने, केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाउने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।


  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.