Websoft University

फुटबल दुई खेल आज खेलिने


काठमाण्डौ फागुन १३ गते । रातो तारा डट कम,सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आज पनि दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा आरसीटी र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

आरसीटी र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । नयाँबस्ती ६ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ । आरसीटी ६ खेलमा ६ अङ्क जोडेर सातौं स्थानमा रहेको छ । 

यस्तै दोस्रो खेलमा झम्सिखेल युथ क्लब र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । झम्सिखेल र ब्वाइजबीचको खेल दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ । झम्सिखेल ६ खेलमा ६ अङ्क जोडेर नवौं स्थानमा रहेको छ भने ब्वाइज ८ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.