Websoft University

प्रविन बस्तोलाको मृत्युसम्बन्धी घटना


उर्लाबारी मोरङ फागुन १० गते । रातो तारा डट कम, मोरङ उर्लावारी नगगरपालिका वडा नं। ५ बस्ने वर्ष ३१ को प्रविन बस्तोलाको मृत्यु घटनाको सम्बन्धी इलाका प्रहरी कार्यालय उर्लावारी मोरङबाट अनुसन्धान कार्य भईरहेको सम्बन्धमा मिति २०७७।११।९ गते मृतकका परीवारजनबाट अनुसन्धानको सम्बन्धमा उठाएका गुनासाहरु विभिन्न सामाजिक संजालमा सम्प्रेषण भएको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मोरङको गम्भिर ध्यानाकर्षण भएको छ ।

उक्त घटना सम्बन्धमा ई।प्र।का। उर्लावारी मोरङमा मिति २०७७।०९।०९ गते ज्यान सम्बन्धी कसुरमा कसुर दर्ता किताबमा ६७ दर्ता भएको । मृतकको बुवा प्रेम प्रसाद बस्तोलाबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ६ बस्ने वर्ष ३१ को राजेश रणपहेली समेत प्रतिवादी कायम गरी मिति २०७७।९।२२ गते जाहेरी प्राप्त भए पश्चात प्रतिवादीहरुलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेकोमा तत्काल शव परिक्षण प्रतिवेदन तथा ँइच्भ्ल्क्क्ष्ऋ प्रतिवेदन उपलब्ध नभएको कारण साथै प्रतिवादीहरुलाई कानुन बमोजिम २५ दिन थुनामा राखी अनुसन्धान गर्ने अवधी समेत पुरा भएको हुँदा श्री जिल्ला सरकारी वकिल कार्यालय मोरङको निर्देशन बमोजिम मिति २०७७।१०।२ गते जिम्मा जमानिमा उपस्थित हुने गरी प्रतिवादीहरुलाई छोडिएको ।


सो सम्बन्धमा छानविनका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मान बहादुर राईको संयोजकत्वमा छानविन समिति मिति २०७७।११।९ गते गठन भई अनुसन्धान कार्य भई रहेको व्यहोरा जानकारीको लागि अनुरोध गरिएको छ । साथै मृतक प्रविन बस्तोलाको घटना सम्बन्धमा अनुसन्धान कार्यमा घटनाको तथ्यहरुमा तत्विक फरक पर्ने गरी प्रमाण संकलन गरेको र कसुरदारलाई उन्मुक्ति दिने गरी गैह्रव्यवसाहिक अनुसन्धान कार्य गरेको पाईएमा सम्बन्धित अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुलाई कानुन वमोजिम कारवाही गरिने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.