Websoft University

लागुऔषध सहित ४ जना पक्राउ

 


मोरङ, फागुन-१० गते । रातो तारा डट कम,मोरङ कटहरी गाउँपालिका २ का ३३ बर्षीय धनिराम चौधरी, ऐ.ऐ. ४ का ३७ बर्षीय मनराज शेख र २३ बर्षीय कैलाश मण्डल लागुऔषध खैरो हिरोईन सहित पक्राउ परेका छन् । आईतबार दिउसो साढे ३ बजे कटहरी गाँउपालिका -४ स्थित चमराही चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले प्लास्टिकले बेरीएको अवस्थामा खैरो हिरोईन ८ (आठ) ग्राम र डिजिटल काटा थान १ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त्यस्तै सिराहा मिर्चैया नगरपालिका -६ बस्ने २८ बर्षीय ब्रमदेव यादव लागुऔषध DAILEX-DC सहित पक्राउ परेका छन् । हिजो साँझ साढे ५ बजे यादवलाई स८प ४५३७ नम्बरको मोटरसाईकलमा मिर्चैयाबाट कटारी जादै गरेको अवस्थामा कटारी नगरपालीका -१ चुरे स्थित जंगलमा प्रहरी टोलीले चेकजाँच गर्दा DAILEX-DC थान-२७ सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.