Websoft University

चीन सरकारले नेपाललाई तीन लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने


काठमाण्डौ माघ १९ गते । रातो तारा डट कम,चीन सरकारले नेपाललाई तीन लाख डोज कोरोना विरुद्धको खोप अनुदान दिने भएको छ । दक्षिणी छिमेकी भारतपछि अब उत्तरी छिमेकी चीनले पनि नेपाललाई कोरोना भाइरस विरुद्धको खोप अनुदान स्वरुप सहयोगमा दिने भएको छ । 

नेपालस्थित चिनियाँ राजदूतवासले जारी गरेको विज्ञप्तिमा चीन सरकारले १ लाख ५० हजार नेपाली जनतालाई लगाउन पुग्ने गरी ३ लाख डोज खोप उपलब्ध गराउन लागेको उल्लेख गरिएको छ । चीनले नेपाललाई सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप दिन लागेको हो । चिनियाँ दूतावासका अनुसार सिनोफार्मको खोप सुरक्षित र प्रभावकारी रहेको छ । यस्तै सिनोफार्म खोपले विश्व स्वास्थ्य संगठनले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरेको समेत दूतावासको दावी छ । 

चीन सरकारले उक्त खोपलाई ससर्त अनुमति दिएको र हालसम्म २ करोड ४० लाख जनालाई दिइसकेको दावी पनि दूतावासको विज्ञप्तिमा उल्लेख छ । औषधि व्यवस्था विभागले भने हालसम्म केवल भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपलाई मात्रै ससर्त आपत्कालीन प्रयोग अनुमति दिएको छ । विभागले अनुमति दिएसँगै भारतले नेपाललाई करिब दुई साता अघिमात्रै १० लाख डोज कोरोना भाइरसको खोप अनुदान सहयोग गरिसकेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.