Websoft University

जेसिजका लागि सहयोग गर्न आफू सधैं तयार रहेको बताउँछन् मेयर ढकाल

 


शिव भट्टराई,मोरङ १९ गते । रातो तारा डट कम,गछिया जेसीजको सातौं पदस्थापन समारोह कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमममा सन् २०२१ को लागि अध्यक्ष चयन भएका रबिन सिटौलालाई सन् २०२० का अध्यक्ष मनोज रेग्मीले चेन प्रदान गरेर पदस्थापन गराएका थिए।त्यसपछि रेग्मीले सिटौला लाई सपथ ग्रहण गराएका थिए। 


कार्यक्रममा जेसिजका पूर्व अध्यक्षहरुले स्थापना गरेका विभिन्न पुरस्कार पनि जेसीज सदस्यहरूलाई  प्रदान गरिएको थियो।


गछिया जेसिजका संस्थापक अध्यक्ष दुर्गाप्रसाद घिमिरेले स्थापना गरेको दयानिधि देवका घिमिरे सम्मान लक्ष्मण दाहाललाई प्रदान गरिएको थियो। सन् २०१६ का अध्यक्ष लक्ष्मण न्यौपानेले स्थापना गरेको दुर्गा न्यौपाने स्मृति उत्कृष्ठ युवा पुरस्कार नवराज पोखरेललाई प्रदान गरिएको थियो।


सन् २०१७ का अध्यक्ष अमिस ढकालले स्थापना गरेको पुरस्कार मनोज रेग्मीलाई प्रदान गरिएको थियो। सन् २०१८ का अध्यक्ष नेत्र प्रसाद दुलालले स्थापना गरेको विमला कुमारी दुलाल स्मृति उत्कृष्ट कार्यक्रम संयोजक पुरस्कार नविन बराललाई प्रदान गरिएको थियो। सन् २०१९ का अध्यक्ष बोधराज रिजालले स्थापना गरेको नारायण प्रसाद रिजाल स्मृति पुरस्कार शान्तिराम श्रेष्ठलाई प्रदान गरिएको थियो।

कार्यक्रममा जेसिजका गतिविधि समामचरको माध्यम मार्फत प्रकाशन गरेकोमा एक सञ्चारमाध्यमका प्रतिनिधिलाई कदक पत्रले सम्मान गरिएको थियो।

त्यस्तै कोरोना संक्रमणको जोखिमका कारण गरिएको लक डाउन को समयमा गछिया जेसीजले सञ्चालन गरेको चुलो बाल्ने अभियानका लागि सहयोग गर्ने बोधराज कन्स्ट्रक्सन , आशा नेपाल, सञ्जीव सत्याल लगायत दर्जन भन्दा बढी व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो। सो अभियान  जेसीजले भदौ १३ गते देखि २८ गते सम्म संचालन गरेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जेसीज अध्यक्ष रेग्मीले कोरोना संक्रमणको जोखिमका कारण आफ्नु कार्यालयमा भर्चुअल विधिबाट तालिम दिइएको बताएका थिए।स्थानीय निकाय र विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोग र समन्वयमा गरिएको चुलो बाल्ने अभियान प्रभावकारी भएको उनले बताए। 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले जेसिजलाई खेलकुदको क्षेत्रमा, बालबालिकाको क्षेत्रमा , फोहोर व्यवस्थापनको क्षेत्रमा लगायत अन्य पूर्वाधार विकासको क्षेत्रमा लाग्न आग्रह गर्दै त्यसका लागि नगरपालिका साथ र सहयोग गर्न तयार रहेको बताएका छन्।

कार्यक्रममा उपप्रमुख धनमाया तामाङ्ग, कार्यपालिका सदस्यहरू, वडाध्यक्षहरु ,गछिया जेसिजका पूर्व अध्यक्षहरु , मोरङ , सुनसरी, झापा र धनकुटाका जेसिजका शाखाका प्रतिनिधिहरू लगायत उपस्थित थिए भने कार्यक्रम गछिया जेसीज वर्ष २०२१ का महासचिव रोशन खनालले सञ्चालन गरेका थिए।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.