Websoft University

साहित्यकार वर्षाको धार्मिक र सांस्कृतिक यात्रा विमोचन

  


विराटनगर माघ २९ गते । रातो तारा डट कम, साहित्यकार बाबुराम श्रेष्ठ ‘वर्षा’द्वारा लिखित धार्मिक र सांस्कृतिक यात्रा कृतिको बिहीबार विमोचन गरिएको छ । 

चेतना संरक्षण प्रतिष्ठान र नेपाल पूर्वप्रहरी संगठन प्रदेश–१ को आयोजनामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईले कृतिको विमोचन गर्नुभयो । वरिष्ठ समालोचक दधिराज सुवेदीले विमोचित कृतिको टिप्पणी गर्नुभएको थियो । कृतिले पाठकलाई धेरै ठाउँको धार्मिक र सांस्कृतिक क्षेत्रको बारेमा जानकारी दिने समालोचक सुवेदीले बताउनुभयो । उहाँले विभिन्न धार्मिक र सांस्कृतिक स्थलको भ्रमणका क्रममा साहित्यकार श्रेष्ठले देखे–भोकेका विषयहरुलाई कृतिमा समेटेको जानकारी दिनुभयो । 

सोही समारोहमा वरिष्ठ समाजसेवी तोरेन्द्रमानसिंह प्रधान र शम्भुबहादुर पोखरेललाई जंगवीर गुभाजु प्रतिष्ठान झापाका तर्फबाट सम्मान गरिएको थियो । प्रधान र पोखरेललाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका भट्टराई, विशिष्ट अतिथि साहित्यकार प्रेमप्रकाश फलारीलगायतले दोसल्ला ओढाएर सम्मानपत्र समर्पण गर्नुभएको थियो ।  कार्यक्रममा चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, युवाकवि एवं पत्रकार मीनकुमार नवोदित, साहित्यकार इन्द्रप्रसाद ओली, लेखक बाबुराम श्रेष्ठ वर्षालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.