Websoft University

लागुऔषध गाँजा सहित दुई जना पक्राउ

 


मोरङ, फागुन १ गते । रातो तारा डट कम,मोरङ विराटनगर-१५ स्थित हुलास मेटल एरियाबाट लागुऔषध गाँजा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनसरी ईटहरी-५ का ५२ बर्षीय तेज बहादुर राई र सोही स्थानका ४१ बर्षीयपदम बहादुरराई रहेकाछन । शुक्रबार जोगबनी तर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोलाई विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात अटोमा चेकजाँच गर्ने क्रममा वियरको काटुन भित्र लुकाई छिपाई राखिएको अवस्थामा ४ केजी गाँजा फेला पारी बरामद गरिएको हो ।  यसरी अटोमा गाँजा फेला पारिएपछी अटो चालक पदम बहादुर राई र अटोमा सवार रहेका तेज बहादुर राई समेतलाई नियन्त्रणामा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.