Websoft University

प्राज्ञ पोखरेलसहित आधा दर्जन व्यक्ति सम्मानित


विराटनगर । रातो तारा डट कम,उज्यालो मन नेपालले नेपाली भाषा साहित्यका क्षेत्रमा विगत चार दशकभन्दा लामो समयदेखि सक्रिय अग्रज साहित्यकार प्राज्ञ विवश पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको छ । 


विराटनगरमा शनिबार विशेष समारोह आयोजना गरेर उज्यालो मनले साहित्यको कविता, कथा, निबन्ध, मुक्तकलगायतका विधामा योगदान पु¥याएबापत पोखरेलसहित आधा दर्जन व्यक्तिहरूलाई सम्मान गरेको हो । कार्यक्रममा साहित्यकार गायत्रीकुमार चापागाईं काठमाडौं, हरिप्रसाद रिमाल झापा, बद्री भिखारी सुनसरी, बिन्दु मूकदर्शक झापा र टीका आत्रेय सुनसरीलाई पनि सम्मान गरिएको थियो । उहाँहरू सबैलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार दधिराज सुवेदी आयोजक संस्थाकी अध्यक्ष टीका सुदिस निरौलाले माला लगाएर सम्मानपत्र समर्पण गर्नुभएको थियो । कार्यक्रममा दिङ्लाली कान्छो, मीनकुमार नवोदित, शुभलक्ष्मी लम्साल, सविता गौतम दाहाल, भरत गुरागाईं, किशोर कोइराला, चूडामणि नेपाल अकिञ्चन, प्रयाग न्यौपाने, हरि कट्टेललगायत दुई दर्जनभन्दा बढी स्रष्टाहरूले आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभएको थियो । 

उज्यालो मन नेपालले साहित्यका विभिन्न विधामा योगदान पु¥याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.