Websoft University

एक पुरूष घाटी मा निलडाम र टाउकोमा चोटपटक लागेको अबस्थामा मृत भेटिए


गाईघाट १ फागुन । रातो तारा डट कम,घरको सुत्ने कोठामा शंकास्पद अबस्थामा शनीबार बिहान एक पुरुष मृत अबस्थामा फेला परेकाछन । घाटी मा निलडाम र टाउकोमा चोटपटक लागेको अबस्थामा मृत भेटिएका त्रियुगा नगरपालीका ११ स्थीत शिबालय टोलका ६६ वर्षिय पुर्ब शिक्षक बीरेन्द्र राईको हत्या गरीएको आशंका गरीएको छ । घरको दोसा्रे तल्ला को पुर्ब दक्षिण तर्फको उनी सुत्ने कोठामा शब फेला परेको प्रहरीले जनाएको छ । मृतककी कान्छी श्रीमती ५२ बर्षिया रिता समेत घर अगाडीको आगनमा  अचेत अबस्थामा भेटीएकी थिईन । बिराटनगर स्थीत बिराट नर्सिङग होममा उपचार भैरहेको उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उपचारकै क्रममा उनले आफुहरु माथी टोल छिमेकका केही ब्यक्तिहरुले कुटपीट गरेको प्रहरी लाई बताईकीछिन । उनको बयानको आधारमा शिबालय टोलकी ३४ बर्षिया शिला राई लाई प्रहरीले पका्रउ गरी अनुसन्धान शुरु गरेको छ । 

घाईतेको थप बयान पछि मात्र घटनाको बिस्तृत बिवरण आउने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहाल ले बताए । “अहिले सबै बिबरण आईसकेको छैन । बिरामी ठिक भएपछि उनको बयान बाट सबै कुरा खुल्छ । ”उनले भने । 

हिडडुल गर्न र बोल्न नसक्ने मृतक राईको स्थायि घर खोटाङग भएपनि उनी घर बनाएर दुई बर्ष देखी कान्छी श्रीमती रिता संग गाईघाट बस्दै आएका थिए । रिता माथी १५ दिन अघि मात्र बलात्कार प्रयास भएको थियो । उनी माथी बलात्कार प्रयास गर्ने ति युवा अहिले प्रहरी हिरासतमा रहेका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.