Websoft University

एन्फा कम्प्लेक्समा आज दुइ खेल हुने


काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा एपीएफ क्लब र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम एपीएफ र वालिङबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ । 

वालिङविरुद्ध मैदान उत्रदा एपीएफ अपराजित यात्रालाई कायम राख्न चाहन्छ । ८ खेलसम्म अपराजित एपीएफ २४ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । एपीएफ वालिङलाई हराएर दोस्रो स्थानको त्रिभुवन आर्मीविरुद्ध अङ्क दुरी फराकिलो बनाउन समेत चाहन्छ । दोस्रो स्थानमा रहेको आर्मीको २२ अङ्क रहेको छ । तर, वालिङविरुद्ध एपीएफलाई जित निकाल्न सहज भने हुने छैन । 

अफ्रिकन खेलाडीको साथ पाएको वालिङ निकै बलियो रहेको छ । वालिङ १४ अङ्कजोडेर तेस्रोस्थानमा रहेकोछ । एपीएफलाई हराएर वालिङ अंक तालिका सुधार गर्न चाहन्छ । महिला लिग अन्तर्गत आजै हुने अर्को खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच खेल हुनेछ । 

विराटनगर र चौदण्डीबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ । विराटनगर ९ खेलमा १० अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । चौदण्डीलाई हराएर विराटनगर अङ्क तालिका सुधार गर्न चाहन्छ । चौदण्डी भने अङ्कविहीन रहँछै पुछारमा छ । चौदण्डी विराटनगरलाई हराएर पहिलो जित निकाल्न चाहन्छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.