काठमाण्डौ फागुन १ गते । रातो तारा डट कम,सरकारले कटौती गरिएका चाडपर्व विदा फेरि दिने भएको छ । गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन सुरु गर्ने बताउनुभएको छ । सोनाम ल्होसार २८५७ को अवसरमा काठमाडौँको बूढानीलकण्ठमा आयोजित समारोहमा उहाँले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्यो निर्णय सच्याएको भन्दै अब मन्त्रिपरिषद्बाटै निर्णय गराएर ती बिदा पात्रोमै सार्वजनिक बिदाका रुपमा रहने गरी निर्णय गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले संस्कृति र परम्पराको संरक्षणका निम्ति र आदिवासी जनजातिले पाउने अधिकार स्थापित गर्न अझै प्रयास जरुरी रहेको बताउनुभयो ।
सरकारले फेरी चाडपर्व विदा थप्ने

Post a Comment