Websoft University

मोटरसाईकल दुर्घटनाबाट १ जनाको मृत्यु


झापा, फागुन-८ गते । रातो तारा डट कमझापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व-पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको  मे११प ११३१ नम्बरको मोटरसाईकल एक-आपसमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका मे११प ४४७८ नम्बरको मोटरसाईकल चालक अनन्त आचार्यको B&C अस्पताल विर्तामोडमा उपचारको क्रममा रातको १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अर्को मे११प ११३१ नम्बरको मोटरसाईकलमा सवार २ जना समेत घाईते भई उपचार भईरहेको छ । दुवै मोटरसाईकल प्रहरीको नियन्त्रमा रहेको उक्त कार्यालयले जनाएको छ ।

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.