Websoft University

पेट्रोल, डिजेलको चोरीनिकासी बढेपछि निगमले कडाई गर्न सुरु गर्यो


काठमाण्डौ फागुन ८ गते । रातो तारा डट कम,भारततर्फ पेट्रोल, डिजेलको चोरीनिकासी बढेपछि नेपाल आयल निगमले अनुगमनमा कडाइ गरेको छ । निगमले चोरी निकासी रोक्नका लागि आफ्ना प्रादेशिक कार्यालयहरूलाई स्थानीय प्रहरीसँग समन्वय गरेर अनुगमन तथा रेखदेखमा कडाइ गर्न निर्देशन दिएको छ । 

नेपाल र भारतको सीमा क्षेत्रबाट भारततर्फ पेट्रोलियम पदार्थको चोरी निकासी बढिरहेको निगमले जनाएको छ । निगमका अनुसार भारतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३५ रुपैयाँ र डिजेल प्रतिलिटर ४१ रुपैयाँले नेपालतर्फ सस्तो रहेकाले नेपालबाट सस्तोमा किनेर भारततर्फ महागोमा बेच्नका लागि चोरी निकासी बढेको हो ।

फागुन २ गते नेपालबाट डिजेल चोरी गरी भारततर्फ लैजाँदै गर्दा ट्याङ्कर र संलग्न व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकोथियो । पम्पहरूको दैनिक खरिद बिक्रीको तथ्याङ्क राख्न प्रादेशिक कार्यालयलाई निगमले निर्देशन दिएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.