Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदै


काठमाण्डौ माघ २० गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुनेछन् । वालिङ ५ खेलमा ५ अङ्क जोडेर पाँचौ स्थानमा रहेको छ । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अङ्क तालिका सुधार गर्न चाहन्छ । चन्द्रपुर ५ खेलमा ३ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अङ्क तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.