Websoft University

लागु औषध ओसार पसार का फरार अभियुक्त पक्राउ परे


गाईघाट ३ फगुन । रातो तारा डट कम,अबैध लागु औषध ओसार पसार का फरार मुख्य प्रतिबादी लाई प्रहरीले सोमबार पका्रउ गरेको छ । उदयपुरको कटारी नगरपालीका ८ सानो दमार स्थीत सिद्धिचरण राजमार्गमा बेतिनि देखी कटारी तर्फ आउदै गरेको स १ च ८०४ नम्बरको बोलेरो गाडीमा अदुवा संगै लुकाएर ल्याउदै गरेको १ सय २१ केजि गाजा र गाडी चालकलाई प्रहरीले माघ २६ गते पका्रउ गरेको थियो । गाजा र गाडी चालक पका्रउ लगतै फरार भएका उक्त अबैध कारोबार मा संलग्न सिराह सखुवा नक्कारकट्टी गाउपालीका २ सोठीयानी का ४७ बर्षिय राम अबतार यादब लाई प्रहरीले सिराहाको लाहान देखी पका्रउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपि भिम बहादुर दाहालले  पका्रउ परेका यादब अबैध गाजा ओसार पसारका मुख्य कारोवारी रहेको अनुसन्धान बाट खुलेको बताए ।  “यादब नै मुख्य कारोबारी भएको खुलेको छ । उदयप्ुरको पहाडी भेग बाट गाजा खरीद गरी भारत तर्फ उनले तस्करी गर्ने गरेको पत्ता लागेको छ । ”एसपि दाहालले भने । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.