Websoft University

नेपाल पुलिस क्लब चौथो स्थानमा पुग्यो


काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,राष्ट्रिय महिला फुटबल लिगमा शीर्ष स्थानको एपीएफले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । लगातार दशौं खेल जित्ने क्रममा आज एपीएफले पुलिसलाई २ का विरुद्ध १ गोलले पराजित गरेको हो । जारी लिगमा एपीएफले व्यहोरेको यो पहिलो गोल हो । यसअघि ९ खेलमा ७१ गोल गरेको एपीएफले कुनै गोल व्यहोरेको थिएन । १० खेलबाट ३० अंक जोडेको एपिएफ उपाधि नजिक पुगेको छ । एपीएफले अब बाँकी दुईमध्ये एक खेल जितेमा च्याम्पियन बन्नेछ । समान १० खेलबाट २५ अङ्क बनाएको आर्मी क्लव दोस्रो स्थानमा छ । १० खेलबाट १४ अङ्क मात्र जोडेको पुलिस चौथो स्थानमा छ । 






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.