काठमाण्डौ फागुन ३ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमा जानु प्रतिगमन नभएकोबताउनुभएकोछ । आज सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको उद्घाटन गर्दै उहाँले चुनाव हुन्न भन्नेहरूलाई ज्योतिष शास्त्र पढ्ने गरेको हो ? भन्दै प्रश्न गर्नुभयो ।
वैशाख १७ र २७ गते चुनाव गराउँछु भनेर भनिरहेको छु , निर्वाचन आयोग त्यसको तयारीमा लागिरहेको छ । कुनै हालतमा गराउँदैन भनेर उहाँहरू राजनीति गर्नुहुन्छ कि ज्योतिषशास्त्र पढ्नुहुन्छ ? प्रधानमन्त्रीले प्रश्न गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि नेकपाको प्रचण्ड –नेपाल पक्ष लगायत अन्य दलहरूले यसलाई असंवैधानिक र प्रतिगमन भन्दै विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीले निर्वाचन गर्ने भनेको प्रतिगमन नभएको बताउनुभयो ।
Post a Comment